बलिउडकी सुन्दरी नायिका ऐश्वर्य राय बच्चन अहिले चलचित्र क्षेत्रबाट टाढा छिन् । लामो समयदेखि उनले चलचित्र क्षेत्रबाट विश्राम लिएकी छिन् ।
बेला बेलामा ऐश्वर्यको कमब्याकको खबर आएपनि यस विषयमा उनले केही बोलेकी छैनन् । अहिले पुनः ऐश्वर्यको कमब्याकको समचार बाहिरिएको छ । उनले पुरानो एक चलचित्रको रिमेकमा काम गर्न बुझिएको छ ।
सन् १९६४ मा रिलिज भएको ‘वो कोन थिइ’ चलचित्रको रिमेकमा ऐश्वर्यले काम गर्न लागेको बलिउड मिडियामा समचार छ । त्यो समयको सुपरहिट चलचित्रको रिमेकमा उनले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।