साधना कला केन्द्र र लाइव नेपालको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रमको आयोजना हुने भएको छ।
तीन दशकदेखि फिल्म क्षेत्रमा अनवरत रुपमा काम गरेका नायक राजेश हमाललाई उनले दिएको योगदानको करद गर्दै ट्रिब्युट गर्न लागिएको कार्यक्रम प्रमुख मिलन मोक्तानले बताए। असोजको १२ गते होटल सोल्टीमा राजेशलाई ट्रिब्युट गरिने छ।
ट्रिब्युट कार्यक्रममा राजेश हमालद्घारा अभिनित विभिन्न फिल्मका गीतहरु प्रत्यक्ष रुपमा प्रस्तुत गरिने छ। आयोजकका अनुसार भारतबाट सुप्रसिद्ध गायिका साधना सरगम र इन्द्रजित मिजार पनि यस कार्यक्रमका लागि नेपाल आउँदैछन्।
उनीहरुसँगै नेपालका प्रसिद्ध गायक–गायिकाहरु प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रबि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्यकलाकार सन्दिप क्षेत्री आदिले यस कार्यक्रममा प्रस्तुती दिनेछन्।