कात्तिक २२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘सरौतो’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा फिल्मकी मुख्य नायिका सुमी मोक्तानको धमकेदार एक्सनलाई देखाइएको छ।

ट्रेलरमा फिल्ममा अन्य कलाकारहरु सन्नी सिंह, विजय लामा, आमिर गौतम, यूवराज लामा, अरुणा कार्की लगायतलाई पनि स्थान दिइएको छ। तर, सुमीको अगाडि उनीहरु खल्लो लाग्छन्।
हरि हुमागाँइको निर्देशनमा बनेको फिल्ममा लक्ष्मी कुमारी तामाङको लगानी रहेको छ। फिल्ममा श्री महर्जन सह–निर्माता छन्। राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा शंकर महर्जनको एक्सन, निमेष श्रेष्ठको सम्पादन छ।