सिद्धार्थ इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा चलचित्र ‘मन दुखेको दसैँ’ बन्ने भएको छ । केही दिन अगाडी यो चलचित्रको राजधानीमा एक कार्यक्रमका बिच शुभमुहुर्त गरिएको छ । चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी, दिनेस डिसी र मीनप्रसाद श्रेष्ठले यसको संयुक्त मुहुर्त गरेका थिए । चलचित्रको मुहुर्त सर्टमा श्रीकृष्ण फुयाँल र सिद्धार्थ फुयाँलले अभिनय गरे । दीपक बस्नेत निर्माता रहेको ‘मन दुखेको दसैँ’ मा श्रीकृष्ण फुयाँल, सरिताराज उपाध्याय, अशोकसम्राट खड्का, जिज्ञासा थापालगायतको अभिनय रहने बताइएको छ । चलचित्रका निर्देशक मणिराज अर्यालले चलचित्र ‘मन दुखेको दसैँ’ ले समाजमा हुनेखानेको दसैँ र हुँदा खानेको दसैँमा देखिने अन्तरबारे देखाउने जानकारी दिए ।