सफल लेखक तथा कलाकार उपेन्द्र सुब्बा निर्देशक बन्ने फिल्मका लागि मुख्य कलाकार पक्का भएका छन्।

फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहने छ। दयाहाङ र मिरुनाले पहिलो पटक स्कृन सेयर गर्न लागेका हुन्।
फिल्मको नाम भने गोप्य राखिएको छ। फिल्मको नाम पक्का भइनसकेकाले निर्माण पक्षले नाम सार्वजनिक नगरेको हो। निर्माण पक्षले नामको विषयमा छलफल गरिरहेको छ।
फिल्मको सम्पूर्ण तयारी पुरा भइसकेकाले छायांकनकोलागि टिम छिट्टै पाँचथर तर्फ जानेछ। कात्तिकको दोस्रो साताबाट छायांकनमा सुरु हुने बताइएको छ।