फिल्म ‘सेल्फी किङ’को छायांकन सकिएको छ। छायांकन सुरु भएको ३३ दिनमा फिल्मको पूर्ण छायांकन सकिएको हो। विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्मलाई काठमाण्डौं, भक्तपुर, खुर्कोट, घुर्मी, सोलुखुम्बु लगायतका स्थानहरुमा छायांकन गरिएको छ।

‘सेल्फी किङ’को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथालाई यस फिल्ममा प्रस्तुत गरिएको बताइएको छ।
विशाल सापकोटाले फिल्ममा तयार भएको यस फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुरालको मुख्य भूमिका रहेको छ। फिल्ममा सुभाष थापा र दिनेश राउतको लगानी रहेको छ।
बिशालकै लेखन रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको फिल्ममा जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत छ।