नायिका ऋचा शर्माले बिबाह गर्ने भएकी छिन्। उनी अहिले आफ्नो बिबाहको तयारी गरिरहेकी छिन्।

लामो समयदेखि प्रेममा रहेकी ऋचाले अब भने उक्त प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न लागेकी हुन्। यसै मंसिरमा ऋचाले बिबाह गर्नेछिन्।
आफ्नो बिबाहको तयारी गरिरहदा ऋचाले आफ्नो नजिकका साथीहरुलाई ब्याच्लर पार्टी दिएकी छिन्। पोखरामा पुगेर आफ्ना नजिकका साथीलाई उनले पार्टी दिएकी हुन्। उनको पार्टीमा नायिका प्रियंका कार्की, केकी अधिकारी पनि पुगेका थिए।
पार्टीमा उनीहरुले मस्ती गरेको तस्वीर सामाजिक संजालमा सार्वजनिक भएका छन्। नायिका ऋचाले बिबाह गर्ने कुरालाई लिएर धेरैले बधाई पनि दिइरहेका छन्।