केही दिन अगाडि मात्र निर्देशक संजयलिला भन्सालीले आफ्नो नयाँ फिल्मको निर्माण घोषणा गरे। भन्सालीले सन् १९५२ मा रिलिज भएको फिल्म ‘बैजु बावरा’को रिमेक निर्माण तथा निर्देशन गर्न लागेका हुन्। यस फिल्मको लागि नायिका प्रियंका चोपडा पक्का भएकी छिन् भने नायक तय भइसकेका छैनन्।

फिल्मको लागि भन्सालीले दुई नायकलाई अफर गरेका छन्। उनले फिल्मका दुई पात्र बैजु र तन्सेनको भूमिका निर्वाह गर्न नायकद्वाय अजय देवगण र रणवीर सिंहलाई अफर गरेका हुन्। रणवीर फिल्ममा आफूले निर्वाह गर्नुपर्ने भूमिकालाई लिएर सकरात्मक देखिएका छन् भने अजयले भने कुनै प्रतिकृया दिएका छैनन्।
पूरानो फिल्ममा सुरेन्द्रले तन्सेनको भूमिका निर्वाह गरेका थिए भने भरत भुषणले बैजुको भूमिका निर्वाह गरेका थिए। संगीत बुझेका दुई संगीतकर्मीको कथामा यस फिल्म निर्माण हुनेछ।
यस फिल्म अगाडि नै भन्सालीले एक फिल्म निर्देशन गर्नेछन्। ‘गंगुबाई’ नामक उक्त फिल्ममा नायिका आलिया भट्टको मुख्य भूमिका रहने छ। उक्त फिल्मको छायांकन पछि मात्र भन्सालीले यस फिल्ममा काम गर्नेछन्।