सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। रिलिज मिति तय गर्दै निर्माण पक्षले पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक फस्टलुक पोस्टरमा फिल्मको मुख्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ फिचर छन्। पोस्टरमा फिल्मका अन्य कलाकारलाई स्थान दिइएको छैन्।
केही दिन अगाडि मात्र छायांकन सकिएको यो फिल्मले फागुनको ९ गतेलाई रिलिज मिति तय गरेको छ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको यस फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सनविक्रम राई लगायतको अभिनय छ।
कुमार कट्टेल र दिपक आचार्यले संयुक्त रुपमा लेखेको यस फिल्मलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन्। निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा कुमार महर्जनको एक्सन रहेको छ।