अनमोल केसी अभिनित फिल्म ए मेरो हजुर ३ ले बक्स अफिसमा निकै उत्साहजनक व्यापार गर्यो। उक्त फिल्मबाट अनमोलको खस्किदै गएको करिअर पुन: उत्कर्षमा पुगेको थियो। अनमोलले पुन यस फिल्मको सिरिजमा नै काम गर्ने भएका छन्।

शनिबार मात्रै अनमोलले फिल्म ‘ए मेरो हजुर ४’ साइन गरेका हुन्। यस फिल्ममा अनमोलले नायिका सुहाना थापासँग जोडी बाध्नेछन्। उनीहरुले यसअघि ए मेरो हजुर ३ मा सँगै काम गरेका थिए।
झरना थापाले निर्देशन गर्ने यस फिल्मको विषयबस्तु र राम्रो टिम पाएकाले अनमोल फिल्मको लागि राजी भएका हुन्। अफर आएका अन्य फिल्मको स्कृप्ट ए मेरो हजुर ४ को स्कृप्ट बलियो भएको अनमोलको भनाई छ। सुहाना इन्टरटेन्टमेन्टको व्यानरमा बन्ने यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन्।
 
                                                                                               







 
			   
			   
			   
			   
			  