नायक विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को पोस्टर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक गरिएको पोस्टरमा विराजसँगै मुख्य नायिका निकिता चण्दक फिचर छन्। पोस्टरमा उनीहरुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

पोस्टरमा फिल्मको नयाँ रिलिज डेट पनि पक्का गरिएको छ। फिल्म माघ २४ गते रिलिज हुनेछ। पोस्टर फेसबुकमा सेयर गर्दै विराजले फिल्मको गीत चाडै रिलिज गर्ने उल्लेख गरेका छन्। सुरुमा फिल्ममा समावेश लोक लयको गीत सार्वजनिक गरिने विराजले बताए।
‘विराज भट्ट प्रोडक्सन’को व्यानरमा बनेको यस फिल्ममा तेज बहादुर खड्काको लागनी रहेको छ। यस फिल्मलाई विराज आफैँले निर्देशन गरेका छन्। विराजको यो डेब्यु निर्देशकिय फिल्म हो। मिस नेपाल निकिता चण्दकले पनि यसै फिल्मबाट डेब्यु गरेकी छिन्।