फिल्म ‘सँग सँगै’को शुभ मुर्हत गरिएको छ। शुक्रबार काठमाडौंको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मूर्हत गरिएको हो।
शुभ मूर्हतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, आश्मा गिरी, मुकुन भुषाल लगयतको उपस्थिती रहेको थियो।
मधुसुधन भट्टराईको निर्देशनमा बन्न लागेको यस फिल्मलाई लक्ष्मण सुवेदीले लेखेका हुन्। फिल्मले मित्रताको कथा भन्ने बताइएको छ।
माघबाट छायांकन सुरु गरिने फिल्मलाई नेपाल र अष्ट्रेलियामा खिचिने छ।