फिल्म ‘झिंगे दाउ’को छायांकन चलिरहेको छ। सोमबारबाट नायिका केकी अधिकारीले पनि फिल्मको सेट जोइन गरेकी छिन्। छायांकन सेट जोइन गरेसँगै केकीको लुक्स पनि सार्वजनिक भएको छ।

सार्वजनिक तस्विरलाई हेर्ने हो भने केकीलाई यस फिल्ममा भिन्न भूमिकामा देख्न सकिन्छ। उनी बिल्कुलै गाउँले महिलाको भूमिकामा प्रस्तुत भएकी छिन्। केही दिन अगाडि आएको नायिका आँचल शर्मा र उनको गेटअप मिल्न जान्छ।
एक तस्विरमा केकी र आँचल जातो पिदिरहेको पनि देख्न सकिन्छ। जुन तस्विरले गाउँले झलक दिन्छ। फिल्ममा उनीहरु जेठानी-देउरानीको भूमिकामा छन्।
.jpg)
भकुन्डेबेसीमा निर्माण गरिएको सेटमा छायांकन भइरहेको यस फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्। ज्ञानेद्रकै प्रस्तुति रहेको यस फिल्ममा मुकुन भुषालको पनि मुख्य भूमिका रहेको छ।