‘धुर्मुस सुन्तली’को निर्माणमा तयार भएको फिल्म ‘सेन्टी भाइरस’को पहिलो गीत रिलिज भएको छ। बिहिबार एक कार्यक्रम गर्दै चलचित्रा समावेश ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो।
भिडियोमा मुख्य कलाकारहरु दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राइलाई देख्न सकिन्छ। यस्तै, फिल्मको यो गीतमा मोडल अन्जली अधिकारीले पनि नृत्य गरेकी छिन्।

लोकलयमा तयार गरिएको यस गीतमा मेलिना राई र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको छ। शंकर थापाको संगीत रहेको गीतलाई डीपी खनालले लेखेका हुन्। भिडियोका करियोग्राफर शंकर वीसी हुन्।
‘सुविहानी फिल्मस् प्रालि’को व्यानरमा निर्माण भएको यस फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। दिन्डु लामाको लगानी रहेको फिल्ममा कुमार कट्टेल र दीपक आचार्यको कथा, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एकसन छ। फिल्मका सह–निर्माता फुर्वा हेल्मो हुन्।
फिल्मले फागूण ९ गतेलाई रिलिज मिति पक्का गरेको छ।