
नायिका विनिता बराल आमा बनेकी छिन्। अमेरिकामा रहेकी विनिताले सामाजिक संजालमार्फत् आफू आमा बनेको समचार दिएकी छिन्। उनले पहिलो सन्तानको रुपमा छोरीलाई जन्माएकी छिन्।
विनिताले आफ्नो छोरीको नाम पनि जुराइसकेकी छिन्। फेसबुक स्टाटसमा नै उनले आफ्नो छोरीको नाम ‘काया’ राखिएको उल्लेख गरेकी छिन्। उनले लेखेको स्टाटसबाट आमा र छोरी दुबैको स्वास्थ्य राम्रो रहेको थाहा हुन्छ।
नायिका विनिता पौडेल केही बर्ष अगाडि अध्ययनको बाहानामा अमेरिका पुगिन। अमेरिका पुगेपछि उनी र तिलक पौडेलपछि प्रेम सम्बन्ध रहेको थियो। उनीहरुले केही महिना अगाडि मात्र बिहे गरेका थिए।
चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन्। अब उनी चलचित्र क्षेत्रमा फर्किने सम्भावना शुन्य जस्तै छ।