नायिका ऋचा शर्मालाई मातृशोक परेको छ। ६७ वर्षिय आमा रिनादेवी शर्मालाई ऋचाले गुमाएकी छिन्। गएराती रिनादेवीले संसार छोडेकी थिइन्।

रिनादेवी केही समयदेखि बिरमी थिइन्। ऋचाको बिबाहको समयमा पनि उनी बिमारी नै थिइन्। बिबाहपछि रिनादेवीलाई हस्पिटलमा राखिएको थियो। ऋचाले आफ्नो आमा बिरामी परेकाले हस्पिटल धाइरहनु परेको बताउँदै आएकी थिइन्।
अहिले ऋचा शर्माले कुनै फिल्ममा काम गरिरहेकी छैनन्। उनी अहिले रियालिटी शो ‘कमेडी च्याम्पियन’मा जर्जको रुपमा काम गरिरहेकी थिइन्।