फिल्म ‘चिसो एस्ट्रे’ले आफ्नो प्रदर्शन मिति पक्का गरेको छ। दिनेश पाल्पाली ‘दिन्श’को निर्देशनमा तयार भएको यस फिल्म जेठ १६ गतेबाट रिलिज हुन लागेको हो।

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रालाई फिल्मको मुख्य विषयबस्तु बनाइएको छ। आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथालाई फिल्मको पर्दामा देखाइएको छ।
निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए।
फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ, सृष्टि श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ। ‘कंगारु क्रिएसन’ र ‘लोकल सिनेमा’को संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन्।
अजर जंगमको संगीत रहेको फिल्ममा उज्जल बस्ताकोटीको छायांकन रहेको छ।