विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक कलाकारको जीवनमा आएका उत्तर चढाबलाई देखाइएको छ।

एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेको हुन्।
फिल्ममा विपिनसँगै लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतको मुख्य भूमिका छ। नायिका केकी अधिकारी फिल्मको एक गीतमा नाचेकी छिन्।
माघ २४ गतेबाट रिलिज हुन लागेको फिल्मलाई सुवास थापा र दिनेश राउतले निर्माण गरेका हुन्। फिल्ममा प्रवल कोइराला र राजेश विसुराल सह–निर्माताको रुपमा छन्। सुशन प्रजापतिले खिचेको फिल्ममा जीवन थापाको सम्पादन छ।