मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ टिजर सार्वजनिक भएको छ। शुक्रवार सार्वजनिक गरिएको टिजरमा फिल्ममा मुख्य कलाकार शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाहीलाई देखाइएको छ।
.jpg)
खिलेन्द्रराज तिमसिनाको प्रस्तुतिमा बनेको ‘लप्पन छप्पन २’ फिल्मको मेकिङ क्वालिटी निकै उच्च देखिन्छ। पुरुषोत्तम प्रधानको छायांकन प्रशंसनिय छ। फिल्मको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन्। भने, पटकथामा अमित शर्माको पनि साथ छ।
फिल्ममा शक्ति श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी लगायत पनि फिल्ममा छन्। फिल्मबाट केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले डेब्यू गरेका छन्।
‘गोल्डेन हिल्स पिक्चर्स’सँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्यमा बेनेको फिल्ममा सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेका छन्। फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेलको लगानी रहेको छ।