नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्मले बक्स अफिसमा कमाल गर्न नसकेपछि अहिले साम्राज्ञी केही हच्किएकी छिन्। उनी सोचेर मात्र फिल्ममा काम गर्ने सोचमा छिन्। त्यसैले होला अहिले साम्राज्ञी कुनै पनि फिल्मको काममा छैनन्।
साम्राज्ञी अहिले प्रेमी देवंश राणासँग घुमफिरमा समय बिताइरहेकी छिन्। यहीँ अवसरमा साम्राज्ञीले प्रेमी देवंशसँग नै म्युजिक भिडियोमा काम गरेकी छिन्।
साम्राज्ञीले एक स्टाटस पोष्ट गर्दै आफूहरुले सँगै म्युजिक भिडियोमा काम गरेको बताएकी छिन्। उनले एक फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो म्युजिक भिडियोको पहिलो लुक्स हो। हामीले सँगै भिडियोमा काम गरेका छौँ। अनुमान गर्नुस् गीतको गायिका हो होला ?’
बुझिए अनुसार साम्राज्ञीले आफ्नै आमा नेहा आरएल राणाको गीतमा अभिनय गरेकी हुन्। नेहाको स्वरमा रेकर्ड भएको ‘तिमी र म’ बोलको गीतमा उनीहरुले अभिनय गरेका हुन्। भिडियोको निर्माण तथा निर्देशनमा पनि सम्पूर्ण टिम कै सहकार्य गरेको छ।
साम्राज्ञीको अनुसार यस फिल्म केही दिनमा रिलिज हुनेछ।