नायिका आँचल शर्मा बिबाहको तयारीमा छिन् । जब उनले प्रेमी डाक्टर उदीप श्रेष्ठलाई मिडियामा सार्वजनिक गरिन, त्यहीँ समयदेखि आँचलले यसै वर्ष बिबाह गर्ने समचार आएको थियो। केही समय अगाडि आँचलले नै आफूले फागुनमा बिबाह गर्न लागेको बताइन्।
फागुन नजिकिसक्दा पनि आँचलको बिबाह मिति भने पक्का भएको छैन्। आँचलका अनुसार फागुन कति गते बिबाह गर्ने हो भन्ने कुरामा अझै तय भइसकेको छैन्। दुई पक्षको चिना नमिल्दा बिबाहको मिति तय हुन नसकेको छैन्।
जे भएपनि फागुनबाट बिबाह पछि नसर्ने आँचलले बताएकी छिन्। फागुनको अन्तिम सातामा आँचल र उदीप बेहुला-बेहुली बन्नेछन्।
बिबाह अघि आँचलले इन्गेजमेन्ट गर्नेछिन्। त्यसको मिति पनि आँचललाई पत्तो छैन्। उनको परिवार र हुनेवाला श्रीमानले सरप्राइज दिने भन्दै आँचललाई इन्गेजमेन्टको मिति सुनाएका छैनन्। आँचलका अनुसार इन्गेजमेन्ट कै दिन बिबाहको मिति तय हुनेछ।
आँचल आफ्नो बिबाहलाई लिएर निकै उत्साहित छिन्।