करण जोहरको नयाँ फिल्म ‘ऐ दिल है मुश्किल’ को टीजर सार्वजनिक भको छ । टीजर हेरेर यो अनुमान लगाउँन सकिन्छ कि फिल्ममा एक इमोशलन जर्नी देख्न पाइनेछ । टीजरको सुरुवात अभिनेता रणवीर कपुरबाट भएको छ, जसमा उनी फिल्ममा समाबेश टाइटल ट्रेक गाउँदै गरेका छन् । त्यसपछि सुन्दरी अभिनेत्री ऐश्वर्या राय बच्चन, अनुष्का शर्मा र फवाद खानलाई देखाइएको छ । रणबीर कपूर यि अभिनेत्रीको बिचको कमन लिंक नजर आएका छन् । टाइटल ट्रेकको प्रीतमले कम्पोज गरेका छन् भने यो फिल्मको छायाँकन लण्डनमा भएको हो । फिल्ममा रणबीर, ऐश्वर्या र अनुष्काको बिचको लव ट्रायन्गल रहेको छ । यिनीहरुको लभस्टोरीमा गज्जबको पेशन देखाइएको छ । टीजरको अन्तिम दृश्यमा रणबीरको एक्सप्रेशन देखेपछि हामी सबैलाई एक पटक फिल्म हेरेपछि खुब इमोशनल डोज मिल्ने पक्का छ ।