सीरियल ‘कुमकुम भाग्य’ मा जब स्टोरीको टेक तीन बर्ष पछाडी गयो तब देखी त्यहाँको सबै नजर फरक भएको छ । अब उक्त सिरियलमा न कोही झगडा गर्दैछन् न त कोही षडयन्त्र गर्दैछन् । आजकाल त सिरियल मात्र रोमान्स नै रोमान्सले भरिएको छ किनकी अभिको पुरानो मेमोरी पुन ल्याउनका लागि अहिले प्रज्ञा हर सम्भव प्रयास गरिरहेकी छिन् । अब हेर्नुस् न प्रज्ञा अभिको यादमा यति धेरै डुव्छिन् कि उनको लागि सायरी लेख्न पनि सुरु गरेकी छिन् । बिचरी प्रज्ञा गरुँन पनि के गर्ने अभिको मेमोरी लस भएपछि सब कुरा उल्टिएको छ । यि दुई एकअर्कासँग टाढिएर पनि बसिसकेका छन् तर अहिले निकै नजिक पनि छन् । अभिले अहिले प्रज्ञासँग विताएका सबै कुराहरु भुलिसकेका छन् । आगामी एपिसोड्समा अभि र प्रज्ञाको रोमान्सले फेरी दर्शकहरु एन्जोय गर्न पाउनेछन् ।