बलीउड चलचित्र दिलवाले ‘फ्लप’ भएपछि यसका निर्देशक रोहित सेट्टी र अभिनेता साहरुख खानबिचसम्बन्ध बिग्रिएको चर्चा खुबै चल्यो । महिनौँसम्म यी दुईले पनि यस विषयमा कुनै पनि प्रतिक्रिया दिएनन् । तर, अब रोहितले यसबारे मुख खोलेका छन् । खासमा प्रत्येक भेटमा मिडियाले प्रश्न गर्न थालेपछि उनले यो विषयमा बोलेका हुन् । उनले भने, ‘यस विषयमा अनेक कुरा भए । जहिले हाम्रो झगडा भयो भनियो, तर त्यतिवेला उनी अमेरिकामा थिए, म लन्डनमा थिएँ । हामीबीच कसरी झगडा हुन सक्छ ? हाम्रो सम्बन्ध बिग्रिएको छैन, सबै अफवाह फैलिएको मात्र हो ।’