नायक अनमोल केसीले फिल्म ‘पारस’मा काम गर्ने भएका छन्। निर्माता माधव वाग्लेको निर्माण तथा निर्देशनमा तयार हुन लागेको यस फिल्मका लागि अनमोल पक्का भएका हुन्। फिल्म निर्माणमा अनमोलकै होम प्रोडक्सन ‘सुपर काजोल फिल्मस्’ले पनि सहकार्य गर्नेछ।
केही समय अगाडि देखि नै माधव वाग्लेले अनमोललाई पछ्याएका थिए। अनमोलले फिल्मको कथा निकै रुचाएका थिए। तर, गर्ने वा नगर्ने भन्ने बिषयमा केही बोलेका थिएनन। अहिले पिता भुवन केसी पनि निर्माता रहने भएपछि उनी फिल्ममा काम गर्न राजी भएका हुन्।
अनमोल अहिले फिल्म ‘ए मेरो हजुर ४’को वर्कसपमा व्यस्त छन्। ए मेरो हजुर ४ को छायांकन सकाएपछि अनमोलले ‘पारस’को लागि समय दिनेछन्।
अनमोलको होम प्रोडक्सन कै व्यानरमा फिल्म ‘एन्टी हिरो’ बन्ने पनि घोषणा भइसकेको छ। भारतिय निर्देशकले निर्देशन गर्ने भनिएको यस फिल्ममा भने भुवन केसी पनि पर्दामा देखिने छन्।
अनमोल र होम प्रोडक्सनले नै ‘पारस’ रोजेपछि ‘एन्टी हिरो’ केही समयको लागि पछाडि धकेलिएको छ।