फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ट्रेलरमा भुकम्पका कारण एउटा परिवारले भोग्नु परेको पिडालाई देखाइएको छ। फिल्मका मुख्य कलाकार दयाहाङ राई र शान्ति वाइवाले भुकम्पपछि आफ्नो सन्तान गुमाउनु परेको पिडालाई ट्रेलरमा देखाइएको छ।
फूलमान वलको निर्देशनमा तयार भएको यस फिल्ममा दयाहाङ र शान्तिसँगै बुद्धि तमाङ, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ। फिल्ममा रेखा थापा अतिथि कलाकारको रुपमा प्रस्तुत भएकी छिन्।
सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा लेखेको ‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ। फिल्मले चैत ७ गतेलाई रिलज मिति पक्का गरेको छ।