खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘पानी फोटो’ले आफ्नो रिलिज मिति पक्का गरेको छ। फिल्मले साउनको ३० लाई रिलिज मिति पक्का गरेको छ।
खगेन्द्रले लेखेको पुस्कत ‘पानी फोटो’लाई फिल्मको रुप दिइएको यस फिल्मले १५ वर्षअघि बेपत्ता छोरोको पर्खाइमा बसेका बाबु–आमाको कथा भन्छ।
फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्दि तामाङ लगायतको अभिनय रहेको छ।
‘टुकी आर्ट्स’ र ‘मञ्जुश्री फिल्म प्रोडक्सन’को सहकार्यमा बनेको यस फिल्मलाई तत्कालीन सरकार–माओवादी द्वन्द्वको उद्गमस्थल रोल्पाको होलेरीमा पुगेर खिचिएको छ।