चैत २८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक गरिएको टिजरमा फिल्मको विषयबस्तु भने सस्पेन्स राखिएको छ।
सस्पेन्स तथा थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ।
अर्जुन कुमारको निर्माणमा तयार भएको यस फिल्ममा आकाश बरालको पटकथा तथा संवाद रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन्।