अभिनेत्री रिस्ता बस्नेतलाई फिल्म क्षेत्रमा दोश्रो पटक स्थापित हुन गाह्रो परिरहेको छ । केही बर्ष अघि राम्रै नाम कमाइरहँदा उनको असफलताको श्रृङ्खला रोकिएन । यसपछि उनी ब्याक भइन् ।
हालै मात्र उनले एउटा वेव सिरिजको छायांकन सकिन् । बसन्त निरौलाको निर्देशनमा तयार भएको सिरिजको रिलिज मिति टुंगो लागेको छैन । तर, यो सिरिजबाट उनी उत्साहित छिन् । दुई साता लगाएर बसन्तले केही हप्ता अगाडि धुलिखेलको एक रिसोर्टमा यो सिरिजको छायांकन सकेका हुन् ।
नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडि स्थापित हुने क्रममा रहेकी नायिका रिस्ता बस्नेत बिचमा हराइन् । निरन्तर चलचित्र असफल भएपछि उनले आफू चुजी भएको तर्क प्रस्तुत गरिन् ।
यसपछि, फेरि कला क्षेत्रमा चलमलाउन थालेकी रिस्ताले एक हिन्दी गीतको म्यूजिक भिडियोमा काम गरेपनि यसले खासै चर्चा पाएन ।