अत्याधिक आलोचित भएपछि बलिउड अभिनेता सुरज पंचोलीले इन्स्टाग्राम छाडेका छन् ।
नायक सुशान्त सिंह राजपुतको निधन भएपछि निरन्तर ट्रोलको शिकार भएका सुरजले इन्स्टाग्राममा रहँदा आफूलाई श्वास लिन गाह्रो भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘हामी फेरि मिल्नेछौ, इन्स्टाग्राम । आशा गर्दछु कि फेरि हाम्रो भेट हुँदा यो दुनियाँ सुन्दर हुनेछ । मलाई श्वास लिन जरुरी छ, किनकी मलाई अहिले समस्या भैरहेको छ ।’
सुरजले इन्स्टाग्रामबाट आफ्ना सम्पूर्ण तस्वीर हटाएका छन् । उनले मैनबत्ती बल्दै गरेको एक तस्वीर मात्र इन्स्टाग्राममा राखेका छन् ।