एजेन्सी। महाराष्ट्र सरकार तथा सरकारको नेतृत्व गरिरहेको शिवसेना पार्टीसँग वाक युद्ध गरेकी बलिउड अभिनेत्री कंगना रनौतलाई भारतको केन्द्रीय गृह मन्त्रालयले वाई श्रेणीको सुरक्षा उपलव्ध गराएको छ।
महाराष्ट्र सरकारको नेतृत्व गरिरहेको शिवसेनाले रनौतलाई मुम्बई नआउन तथा आएमा आफ्नो महिला समुहले कार्वाही गर्ने धम्की दिएसँगै उनले पनि शिव सेनाका नेता संजय राउतलाई आफू मुम्बई आउने तथा कसैले रोक्न सके रोकेर देखाउन चेतावनी दिएकी थिइन ।
रनौत र महाराष्ट्र सरकारबीच कडा वादप्रतिवादकै बीचमा हिमाञ्चल सरकारले रनौतलाई उनको परिवारको आग्रहमा सुरक्षा उपलव्ध गराउने घोषणा गरेको थियो । हिमाञ्चल राज्य बाहेकमा भने सो राज्य सरकारको सिफारिसमा केन्दीय गृह मन्त्रालयले कंगनालाई वाई श्रेणीको सुरक्षा उपलव्ध गराएको हो ।
वाई श्रेणी अन्तर्गत २ कमाण्डो सहित ११ जना सुरक्षाकर्मी उनको सुरक्षामा खटिने छन्। केन्द्रीय गृह मन्त्रालयले सुरक्षा दिने जानकारी दिएसँगै रनौतले केन्द्रीय गृहमन्त्री अमित शाहलाई धन्यवाद दिएकी छिन् । रनौतले यहि ९ सेप्टेम्बरमा हिमाञ्चलबाट महाराष्ट्र जाने घोषणा गरेकी छिन् । सुशान्त सिंहको मृत्युको छानविनमा राम्रो काम नगरेको भन्दै रनौतले मुबई प्रहरीको काम कार्वाही प्रति असन्तुष्टि जनाएकी थिइन। सो बिरोधसँगै मुम्बईका गृहमन्त्री अनिल देशमुख र शिवसेना नेता संजय राउतले कंगनाको कटु आलोचना गर्दै उनलाई मुम्बई नआउन तथा मुम्बई छोडेर जान चेतावनी दिएका थिए। यो चेतावनीसँगै रनौत र महाराष्ट्रसरकार बिच दुरी बढेको छ ।