काठमाडौं। चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको ४२ वर्षको उमेरमा बुधबार बिहान २ बजे काठमाडौंको महाराजगंजस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको छ । लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
उनी सन्तोष सेनद्वारा निर्माण गर्न लागिएको नयाँ चलचित्र हुतुतु…को तयारीमा समेेेत व्यस्त थिए । सेनसँगै उनले यस अघि फिल्म प्रेमगीत ३ को संयुक्त निर्देशन गरेका थिए । सो फिल्म प्रदर्शन हुन बाँकी छ ।
‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्रको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङले चलचित्र ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशनमा हात हालेका थिए ।