बॉलीवुड एक्ट्रेस कंगना रनौतलाई उद्धव ठाकरे सरकार संग पंगा लिनु महंगो सबित भएको छ। बीएमसीले बांद्रा वेस्टको पाली हिल रोड स्थित कंगना रनौतको अफिस अवैध रुपमा निर्माण गरेको भन्दै आज बिहानैदेखि तोड़फोड़ गर्न सुरु गरेको थियोे ।
बीएमसीको टीम जेसीबी र मजदूरहरुलाई लिएर कंगना रनौतको निजि कार्यलय पुगि अवैध निर्माणलाई तोडफोड गरेका थिए । यसै बीच बॉम्बे हाई कोर्टले बांद्रा वेस्ट स्थित कंगना रनौतको कार्यलय तोड़फोड़ गर्न रोक लगाई दिएको छ । कंगनाको वकीलले बीएमसीको यो तोड़फोड़ विरुद्ध कोर्टमा मुद्दा दायर गरेका थिए लगत्तैको बहस पछि कोर्ट्ले तोड़फोड़ रोक्न स्टे ऑर्डर जारी गरिदिएको छ।