नायक दयाहाङ राई र नायिका केकी अधिकारीलाई लिएर पहिलो पटक पत्रकार दीपेन्द्र लामा निर्देशनमा उत्रिएका छन् । वुधबार राजधानीमा चलचित्र ‘घामपानी’ को औपचारिक निर्माण घोषणा गरिएको थियो । सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्सनको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रले एउटै गाउँका दुई फरक जातिका यूवा र यूवतीबीच प्रेम हुँदा दुई पक्षको पारिवारिक सम्बन्धमा पैदा हुने उचारचढाव र आफ्नो प्रेम सम्बन्ध सफल बनाउन उनीहरुले गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ ।
चलचित्रमा दयाहाङ र केकीको अलवा अंकिता खड्का, सिल्सा जिरेल, पुस्कार गुरुङ, प्रकाश घिमिरे, बृद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ । चलचित्रको निर्माण घोषण कार्यक्रममा बोल्दै चलचित्रका नायक दयाहाङ राईले चलचित्र ‘घामपानी’को कथावस्तु उत्कृष्ट लागेको कारण काम गर्न लागेको बताए । त्यस्तै नायिका केकी अधिकारीले चलचित्र ‘घामपानी’ मा पहिलो पटक दयाहाङ राईको अपोजिटमा काम गर्न पाउँदा निकै खुसी महशुस गरिरहेको बताइन । उनले आफुले अभिनय गरेका अन्य चलचित्र भन्दा ‘घामपानी’ फरक रहेको पनि खुलाइन ।
चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत रहनेछ भने पाश्र्व संगीत रोहित शाक्यको रहनेछ । चलचित्रका कार्यकारी निर्मातामा बाल्मिकी पोख्रेल र मणिराम पोख्रेल रहेका छन् भने निर्मातामा ओम गुरुङ, शैलेन्द्रध्वज कँडेल, ओमचन्द्र रौनियार र विश्व गौतम रहेका छन् । चलचित्रलाई शैलेन्द्रध्वज कार्कीले खिच्नेछन् भने निमेश श्रेष्ठले सम्पादन गर्ने कार्यक्रममा बताइएको थियो । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक एवं लेखक दीपेन्द्र लामाले चलचित्र घामपानी नेपाली समाजकै कथा रहेको बताए । कार्यक्रममा चलचित्र विकास बार्डका अध्यक्ष राजकुमार राईले चलचित्रलाई शभुकामना दिएका थिए ।