बलिउड अभिनेत्री आलिया भट्टले आफूलाई शाहरुख खानको सबैभन्दा ठूलो प्रशंसक भएको बताएकी छिन् । आलियाले शाहरुखको अभिनय मात्र नभएर व्यक्तिगत व्यवहार पनि अत्यन्त राम्रो भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म एउटा कलाकारको नाताले मात्र होइन, व्यक्तिगत रूपमा पनि शाहरुखप्रति श्रद्धा गर्छु । उनीसँग काम गर्दाको अनुभव र अनुभूति अत्यन्त राम्रो हुने गरेको छ ।’ आलियाले शाहरुखले देखाएको इम्प्रेसन पनि अत्यन्त राम्रो भएको बताएकी छिन् । आलिया र शाहरुखले सँगै काम गरेको फिल्म ‘डियर जिन्दगी’ २५ नोभेम्बरमा रिलिज हुँदै छ ।