एक पछि अर्को गर्दै हिन्दी फिल्ममा ‘बेड सिन’ र ‘किस सिन’ दिँदै आएकी पूर्व पोर्न स्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनीले अब यस्तो दृश्य नदिने बताएकी छिन् । आफ्नो पछिल्लो एक फिल्ममा अभिनेता रजनिश दुग्गलसँग चुम्बनको दृश्य दिन चाहिनन् । सो फिल्मका निर्देशकले कथाको माग भन्दै चुम्बनको दृश्य दिनुपर्ने दबाब दिँदा उनले फिल्म छाड्ने चेतावनी दिइन् । त्यसपछि ती निर्देशकले उनको चुम्बन दृश्य खिचेनन् । आफूलाई प्रस्ताव आउने फिल्महरूका यौनजन्य दृश्य र चुम्बन दृश्य अत्यधिक हुने गरेको र यस्ता दृश्यले आफ्नो पुरानै छवि कायम हुने भन्दै उनले अब यस्तो दृश्य आफूले नगर्ने बताएकी हुन् । ‘बलिउडका अरू अभिनेत्री जस्तै छवि म बनाउन चाहन्छु । त्यसैले अब हरेक फिल्ममा पुरानै शैलीका यौजजन्य र चुम्बन युक्त दृश्यहरू नगर्ने निर्णय लिएकी छु,’ यी अभिनेत्रीले भनेकी छिन् ।