मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सनी लियोनीले शुक्रबार आफ्नो ४१ औं जन्मदिन मनाएकी छन् । सनीले बलिउडमा विशेष पहिचान बनाएकी छन् । उनले एडल्ट फिल्म छोडेर बलिउडमा पाइला चालिन् र कैयौं फिल्ममा अभिनयसँगै आइटम नृत्य गरिन् ।
सनीको जन्म सन् १९८१, मे १३ मा क्यानाडामा भएको हो । उनको वास्तविक नाम करनजीत कौर हो । सनी एडल्ट फिल्ममा काम गर्नुको अलावा जर्मन बेकरीमा वेटर थिइन् । उनी वेटरको काम गरेर आफ्नो खर्च चलाउँथिइन् ।
सनी नर्स बन्न चाहन्थिइन् । तर उनको भाग्यले उनलाई पोर्नतिर लगिदियो । सनीका अनुसार एडल्ट उद्योगमा काम गर्दा उनले निकै समस्या भोगेकी थिइन् । तर यो जीवनमा उनलाई कुनै पछुतो छैन । सनीको विवाह डेनियल वेबरसँग भएको थियो । उनीहरुको तीन सन्तान छन् । जसमा एक धर्मपुत्री र दुई छोरा सरोगेसीबाट भएका हुन् ।
सनीले नामसँगै दाम पनि कमाएकी छन् । उनको नेट वर्थ ९८ करोड र वार्षिक कमाई २ करोड छ । सनीले सन् २०१२ मा फिल्म ‘जिस्म २’ बाट बलिउड यात्रा सुरुवात गरेकी थिइन् । यसपछि उनले ‘जेकपट’, ‘रागिनी एमएमएस २’, ‘हेट स्टोरी २’, ‘एक पहेली लीला’, ‘मस्तीजादे’, ‘वन नाइट स्टेण्ड’ लगायतका फिल्ममा काम गरिन् ।