केही बर्षदेखी भारतीय नृत्य प्रतियोगीतामा नेपाली यूवा यूवतीहरुको सहभागीता ह्वात्तै बढेको छ । तेरिया मगर, सोम्या राई, कपिल थापा यसका केही प्रतिनिधि उदाहरण हुन्। त्यही क्रममा अहिले भारतीय टिभी च्यानल स्टार प्सलबाट प्रशारण हुँदै आएको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस सिजन–२’ मा नेपालबाट द वाइल्ड रिपर्च क्रिउ नामको एक सामुहिक रुपमा नृत्य प्रस्तुत गरिरहेको छ भने २० बर्षका सुशान्त खत्री पनि उक्त प्रतियोगीताका दावेदारको रुपमा छन् । गत साता प्रसारित कार्यक्रममा द वाइल्ड रिपर्च क्रिउका नेपाली यूवाहरु स्टेजमा नै निकै भक्कानिए कारण थियो शोमा उनीहरूको मेन्टरका रूपमा रहेका धर्मेशले नेपाल आएर तयार पारिएको उनीहरूको परिवारको भिडियो सरप्राइजका रूपमा देखाएका थिए। परिवारले उनीहरुलाई सम्झेको भिडियो हेरेपछि द वाइल्ड रिपर्च क्रिउका सबै यूवाको आँखामा आँशु झल्कियो र उक्त भागकी विशेष अतिथि सोनाक्षी सिन्हाले पनि आफ्नो आँशु रोक्न सकिनन् । कार्यक्रममा सहभागी भएका कारण उनीहरू २ वर्षदेखी परिवारबाट टाढा छन्, नेपाल आएका छैनन्।