नायक निखिल उप्रेतीले चलचित्र ‘निर्भय’को छायाँकन सकाएर छन् । पहिलो पटक नायिका नीता ढुंगानासँग स्क्रिन शेयर गरेका निखिल अब चाँडै चलचित्र ‘राधे’ को छायाँकनमा व्यस्त हुँदैछन् । ६५ दिन लगाएर चलचित्रको सम्पुर्ण छायाँकन सकिएको चलचित्रका निर्देशक मधुसुदन भट्टराईले जानकारी दिए । चलचित्रको छायाँकन सकिएसँगै निर्माणपक्षले चलचित्रको रिलिज मिति पनि घोषणा गरेको छ । निर्माण कम्पनि र वितरण कम्पनि आर.आर. फिल्म्सबीच भएको सम्झौता अनुसार अब चलचित्र निर्भय भ्यालेन्टाईनलाई लक्षित गर्दै आउँदो माघ २८ बाट देशव्यापी प्रदर्शनमा आउनेछ । चलचित्र निर्भयमा नायक निखिल उप्रेतीले खतरनाक रियल स्टन्डका दृश्यहरु दिएका छन् । प्रसिद्धि सिने आट्सको पहिलो प्रस्तुति रहेको निर्भयलाई देवी प्रसाद पाण्डेले निर्माण गरेका हुन् भने चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित,रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती, नीता ढुंगाना ,शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतको अभिनय रहेको छ ।