अमेरिकालाई हर क्षेत्रमा चुनौती दिने र प्रतिष्पर्धी बनेर बसेको रसियाले सुपरहिरो फिल्म ‘गार्जियनस’ बाट हलिउडलाई टक्कर दिने संकेत दिएको छ। आगामी वर्ष रिलिज हुने यस फिल्ममा यसअघि देखिदै आएका भन्दा भिन्न खाले सुपरहिरोहरू हुनेछन्। हलिउड रिपोर्टरमा प्रकाशित समाचारका अनुसार फिल्मको सिक्वलको योजना बनिसकेको छ। हालै सार्वजनिक फिल्म गार्जियनसको ट्रेलरमा हलिउडलाई टक्कर दिने दम देखिएको छ । यो फिल्मलाई सारिक एन्ड्रेएसियनले निर्देशन गरेका हुन् ।