मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री दीपिका पादुकोणले हालै आफ्नो फोटोसुटको तस्वीर सामाजिक सञ्जालमा राखेकी थिइन् । यो तस्वीर फ्रान्सको पेरिसमा जारी कान्स फिल्म फेस्टिभलको समयमा खिचिएको थियो । तस्वीरमा दीपिकाले कालो रंगको पेन्ट सुट लगाएकी थिइन् । यसबाहेक उनको गलामा एक पत्थरको शैलीको नेकलेस पनि देखिएको थियो ।
यो नेकलेसको मूल्य ४ करोड ४८ लाख रुपैंयाँ रहेको बताइएको छ । नेकलेस १८ क्यारेट सेतो हीरा, एमराल्ड र हीराबाट बनेको छ । यसमा कुल क्यारेट १९ दशमलब शुन्य पाँच छ ।
दीपिका पछिल्लोपटक फिल्म ‘गहराइयाँ’मा देखिएकी थिइन् । फिल्म बक्सअफिसमा फ्लप साबित भएको थियो ।