चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सायद २’ को अफिसियल टीजर सार्वजनिक भएको छ । दुर्गिश फिल्मस् को चौथो प्रोजेक्ट ‘सायद २’ को टीजरमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् । टीजरमा प्रेम, द्धन्द्ध, विछोड लगाएतको पक्षलाई आर्कषक तलबले देखाइएको छ ।
२०६९ सालमा प्रदर्शनमा आएको ‘सायद’ को सिक्वेल स्वरुप निर्माता सुनिल रावलले चलचित्र ‘सायद २’ निर्माण गरेका हुन् । सुशिल श्रेष्ठ, सुशिल सिटौला, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, रुविना श्रेष्ठ, बुद्धिलाल तामाङ सहित निर्माता सुनिल रावलको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रलाई पुष्पराज तिम्लिसनाले निर्देशन गरेका हुन ।