बलीउडमा विस्तारै सफलतातर्फ कदम बढाईरहेका अभिनेता रणदीप हुड्डाले सन् २००१ मा ‘मनसुन वेडिङ्’ नामक चलचित्रबाट आफ्नो सफर शुरुआत गरेका थिए । बितेका १५ बर्षे दौरानमा उनले केहि सफल चलचित्रमा काम गरिसकेका छन् । तापनि उनि अहिलेसम्म ‘लिड एक्टर’मा सफल हुन भने सकेका छैनन् । २००१ मा करियर सुरु भएतापनि उनको पहिचान २०१० मा ‘वन्स अपन टाइम इन मुम्बई’ बाट मात्र देखिन थालेको हो । यसको अलावा रणदीपले ‘साहेब बीवी और गैंगस्टर’,‘मर्डर ३’,‘रंग रसिया’, ‘हीरोइन’, ‘जिस्म २’, किक, सुल्तान लगाएतका दर्जन बढी चलचित्रमा काम गरेका छन् ।
अस्ट्रेलियामा ट्याक्सी चलाउथे रणदीप
रणदीपले एक अन्तरवार्ताको समयमा बताएका छन् की उनले अस्ट्रेलियामा ट्याक्सी चलाउने काम गर्थे । आफ्नो अध्ययनको लागि खर्च जुटाउन ट्याक्सीबाट आएकोले समेत धौ(धौ पर्थ्यो । त्यतिबेला उनको ट्याक्सीमा व्यापारी देखि लिएर कलाकारहरु समेत चढ्ने गर्थे । अव समय बदलिई सकेको छ, आज उनिसँग लाखौँको सम्पत्ती छ’ ।