टिभी एक्ट्रेस श्वेता तिवारी गर्भवती छिन् । मीडिया रिपोर्ट्सको अनुसार नोभेम्बरमा उनी दोस्रो पटक आमा बन्दैछिन् । श्वेता अहिले आफ्नो गर्भवती अबस्थाको एन्जोय गर्दैछिन् । श्वेता अहिले बढी जसो समय ट्रैवलिन्ग, पार्टी र साथीहरुसँग विताइरहेकी छिन् । श्वेताको केही फोटोहरु हालै सार्वजनिक भएका छन् । जसमा उनी साथीहरुको साथमा बेबी बम्प फ्लान्ट गर्दै गरेको अबस्थामा देखिएकी छिन् । २१ बर्षको उमेरमा पहिलो पटक आमा बनेकी थिइन । पहिलो श्रीमान राजा चौधरी बाट श्वेताकी १५ बर्षकी छोरी छिन्, जसको नाम पलक हो । २००७ मा श्वेताले राजाको साथ आफ्नो ९ बर्षे बैबाहिक सम्बन्ध टुंगाइन । सम्बन्ध विक्षेद भएको ६ बर्षपछि २०१३ माउनले एक्टर अभिनव कोहलीसँग दोस्रो विवाह गरेकी थिइन । उनले अभिनवसँग ३ बर्ष अफयेर गरेकी थिइन ।