सामान्य रूपमा गर्भवती महिलालाई घरबाट बाहिर निस्कन दिइँदैन तर, बलिउड अभिनेत्री करिना कपुरको सन्दर्भमा भने यो कुरा लागू भएन । यस्तो किन पनि भने करिना आफैँले पनि काम गर्न चाहिन् । ‘म काम गर्ने महिला हुँ र काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘गर्भवती हुनु भनेको कामै नगर्नु होइन, काम पाउँदासम्म म गरिरहनेछु ।’ उनले आफूले पर्याप्त आराम पनि गरिरहेकाले यसबारे अरूले चिन्ता लिनुनपर्ने पनि बताइन् । अप्ठ्यारो शारीरिक अवस्थाका कारण महिलाले कतिपय काम गर्न नसक्ने भए पनि यो अवस्थालाई जटिल रोग नै लागेजस्तो ठान्नु मूर्खता भएको करिनाको भनाइ थियो । हालै सम्पन्न ल्याक्मे फेसन विक २०१६ मा सो स्टपरका रूपमा उपस्थित हुँदा करिनाले यस्तो बताएकी हुन् । ‘म अहिलेको समय इन्जोय गरिरहेकी छु,’ उनले भनिन्, ‘मेरो अनुहार पनि अहिले चार्मिङ भएको छ, कपाल पनि राम्रो भएको छ, त्यसैले खुसी छु ।’ हालै ‘की एन्ड का’ फिल्ममा देखिएकी करिनालाई दर्शकले ‘र्याभम्पमा हिँडिरहँदा बच्चाले किक गर्यो कि गरेन ?’ भन्दै सोधेका थिए । ‘हिन्दु’ दैनिकका अनुसार उनले आफू निकै नर्भस भएकाले त्यतातिर ध्यान दिन बिर्सेको बताएकी थिइन् ।