२०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘चपली हाईट’ मा पहिलो पटक काम गरेकी विनितालाई यो चलचित्रले खुबै चर्चामा ल्यायो । उनी यही चलचित्र पछि नै दर्शकहरुको नजरमा पर्न थालेकी हुन् । ‘चपली हाईट’ मा उनले दिएको बोल्ड दृश्यको चर्चा अझै पनि नेपाली चलचित्र क्षेत्रमा हुने गर्छ । आजभन्दा ३ बर्ष अगाडी उनले जसरी ‘चपली हाईट’मा बोल्ड दृश्य दिइन, त्यसपछि नै नेपाली चलचित्रमा क्रमश अन्य नेपाली नायिकाहरुले बोल्ड दृश्य दिन सुरु गरेका हुन् । चपली हाईटमा विनिताको बोल्ड दृश्य हेर्नका लागि भएपनि दर्शकहरु हलसम्म पुगे र चलचित्रले व्यबसायिक सफलता पनि हासिल गर्यो । तर त्यसपछि विनिताको जादु नेपाली चलचित्रमा चलेन किनकी दर्शकहरुले विनिताले अभिनय गरेको अन्य चलचित्र हेर्न जान नै उचित ठानेनन् ।
चपली हाईट पनि उनले केही चलचित्रमा काम गरिन् र नेपाली बक्सअफिसमा ति चलचित्रहरु असफल रहे । त्यसपछि उनी काठमाडौंको टोखामा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गरिन् र त्यही क्रममा गएको बर्ष मात्र उनी कृषि सम्बन्धी अध्ययनका लागि अमेरिकामा रहेकी छिन् । उनै अभिनेत्री विनिता बरालले अभिनय गरेको नयाँ चलचित्र ‘उमंग’ कार्तिक १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । खबरका अनुसार उनले आफ्नो फिल्म करियरमा अभिनय गरेको यो अन्तिम चलचित्र हो । हास्य कलाकार शिव शर्माद्वारा निर्देशित चलचित्र ‘उमंग’ मा बिनिता र कुमार बिसीको मुख्य भुमिका रहेको छ । यो चलचित्रमा बैदेशिक भूमिमा नेपाली युवाले गरेको संघर्ष र पाएको दुखलाई देखाइएको छ । चलचित्रलाई रबिन्द्र बरालले छायांकन, अर्जुन जी.सी.ले सम्पादन गरेका छन् । चलचित्रमा विनिता बराल बराल दुबईकी एक मुस्लिम युवतीको भुमिकामा देखिएकी छिन्, जसको नेपाली युवकसँग प्रेम बस्छ ।