अनौठो होइन एकै मितिमा एकभन्दा बढी चलचित्र प्रदर्शनमा आउनु तर एकसाथ एकभन्दा बढी चलचित्र प्रदर्शनमा आउँदा दर्शकहरु भने कुन चलचित्र हेर्ने भन्नेमा नै अन्योलमा परेका हुन्छन् । दर्शकहरुमा मात्र होइन चलचित्रका निर्माता देखी कलाकारहरुसम्ममा त्यसको असर नराम्रो सँग गर्ने गर्छ । निर्मातालाई झन लगानी सुरक्षित गर्न ठूलै संघर्ष गर्नु पर्छ । त्यही क्रममा आज शुक्रबार देखी तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । जसमा ‘ब्रासलेट’, ‘लालजोडी’ र ‘बृन्दावन’ रहेका छन् । रमेश उप्रेतीको कमव्याक चलचित्र ब्रासलेटलाई निर्मल शर्माले निर्देशकन गरेका हुन् भने केशव भट्टराईले निर्माण गरेका हुन् । चलचित्रमा रमेशको अलवा रजनी केसी, सुगम गुरागाइँ, नम्रता सापकोटा लगाएतले अभिनय गरेका छन् । त्यस्तै योसँग प्रदर्शनमा आएको अर्को चलचित्र हो बृन्दावन । चलचित्रमा नायिका शिल्पा पोख्रेल र किशोर खतिवडाको मुख्य भुमिका रहेको छ भने बाँदरको पनि मुख्य भुमिका रहेको छ । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई रुद्र खनालले निर्माण गरेका हुन् । त्यस्तै अर्को नेपाली चलचित्र हो लालजोडी । संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन र निर्माण गरेको चलचित्र लालजोडीमा रजनी केसी, ज्योती काफ्ले, आयुष्मा कार्की, पुरन थापा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रसँगै बलीउड चलचित्र अकिरा पनि प्रदर्शनमा आउको छ । जसमा सोनाक्षी सिन्हाको प्रमुख भुमिका रहेको छ ।