अहिले बलीउडमा निकै चर्चा छ त अभिनेता सञ्जय दत्तको जीवनिमा आधारित फिल्मको । सञ्जयको विवादास्पद जीवनलाई पनि फिल्ममा समेट्ने भएपछि यसको चर्चा चुलिएको छ । यसको चर्चा चुलिनुको अर्को कारण हो, आमिरले फिल्ममा काम गर्ने हल्ला । भनिएको थियो, आमिरले यो फिल्ममा सञ्जयका बाबु सुनीलको भूमिकामा काम गर्दै छन् । तर, आफूले यो अफर अस्वीकार गरेको आमिरले प्रस्ट्याए । आमिरले पहिले यो फिल्ममा काम गर्न सक्ने संकेत गरेका थिए । तर, पछि उनले यसलाई अस्वीकार गरे । अब यो फिल्मका निर्माता नयाँ अभिनेताको खोजीमा छन् ।