बलीउडका दबंग खान प्राय जसो विवाहको कुरालाई लिएर सधै खुसीमा रहिरहेका हुन्छिन् । अहिले सलमान आफ्नी गर्लफ्रेण्डको साथ राम्रो दिनहरु स्पेन्ड गरिरहेका छन् । सलमानका फ्यानहरु पनि उनको विवाहको दिन कहिले आउँला भन्दै दिन कुरिरहेका छन् । अब उनीका फ्यानहरुलाई खुसीको खबर आएको छ । सलमान खान यस बर्षको १८ नोभेम्बरमा विवाह गर्न सक्नेछन्, जसका दुई कारण छन् । पहिलो कारण त सलमानकी गर्लफ्रेण्ड यूलिया वन्तुरको व्यस्त समय नोभेम्बरबाट सकिदैछ । व्यस्त समय सकिएपछि उनी आफ्नो जन्मथलो रोमानिया जानुपर्छ र यदी उनी रोमानिया गईन भने ३ महिनासम्म भारत नफर्किने भारतीय मिडियाहरुले बताएका छन् ।
दोस्रो कारण हो १८ नोभेम्बर सलमानका लागि विशेष छ किनकी उनका पिता सलीम खान र आमा सुशीला चरक विवाह भएको थियो । त्यस्तै उनकी बहिनी अर्पिताले पनि गएको बर्ष यही मितिमा विवाह गरेकी थिइन । खबरका अनुसार यही मितिमा सलमान पनि यूलियासँग विवाह गर्न सक्ने बुझिएको छ । अब समय नै बताउँने छ कि सलमान र यूलिया १८ नोभेम्बरमा विवाह गर्छन वा गदैनन् भन्ने ? तर केही दिन अगाडी यूलियाले सलमान आफ्नो मिल्ने साथी भएको बताएकी थिइन ।