अहिले भारतीय च्यानल स्टार प्लसबाट प्रशारण हुँदै आइरहेको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस सिजन–२’ मा कपन, काठमाडौंका सुशान्त खत्रीले एकपछि अर्को गर्दै खतरनाक डान्स स्टेप प्रस्तुत गरिरहेका छन् । अहिले निर्णायकहरु पनि उनले उपाधी जित्ने भन्दै हौसला बढाइरहेका छन् । प्रतियोगीताका मुख्य निर्णायक तथा प्रख्यात कोरियोग्राफर रेमोले समेत सुशान्तलाई ‘डान्स प्लस सिजन–२’ को दावेदारको रुपमा हेरेका छन् । २० बर्षका सुशान्तले अहिले जसरी उक्त प्रतियोगीतामा आफ्नो नृत्य प्रस्तुत गरिरहेका छन्, त्यसले दर्शकलाई मात्र होइन निर्णायकहरुलाई पनि अचम्ममा पारिरहेको छ । ‘डान्स प्लस सिजन–२’ को अब फाइनलमा पुग्नका लागि सुशान्तलाई भारी भोटको आबश्यक परेको छ । उनले आफ्नो आधिकारीक फेसबुकमा एक स्टाटस पोष्ट गर्दै सबैसँग भोट मागेका छन् ।
यस्तो छ उनले आफ्नो फेसबुकमा लेखेको स्टाटस :
‘साथीहरु आज मलाई तपाईहरुको एक एक भोटको आबश्यक परेको छ । कृपया मलाई १८००८३३३३५३ मा मिसकल गरे भोट गर्न सक्नुहुन्छ । गएको हप्ता मलाई आबश्यक भोट परेको थिएन् । प्लिज यस पटक मेरो लागि हौसला र माया पठाउन माथिको नम्बरमा मिल कल गरिदिनुहोस् । यदी मलाई प्रयाप्त भोट परेन भने मलाई निर्णयकहरुले ‘डान्स प्लस सिजन–२’ को फाइनलमा पुराउनु हुँदैन । भोट गर्ने समय आज राती ८ बजेदेखी १० बजेसम्म । धन्यवाद । ‘